
पछिल्लो समयमा नयाँ प्रविधिप्रति युवा पुस्ताहरुको उत्साह लोभलाग्दो ढंगबाट अघि बढिरहेको छ । नयाँ प्रविधिप्रतिको आकर्षण र विज्ञानका पाइला पाइलाका विकासले युवा पुस्ता यसप्रति दिनानुदिन आकर्षित पनि बन्दै गएका छन् । प्रविधिले प्रत्येक पाइलामा पु¥याएको सहयोग र हरेक क्षेत्रको यस्को उपयोगिता बढनुले पनि युवा पुस्ताहरु प्रविधिप्रति लोभिएका हुन् ।
सुचना र प्रविधिको युगमा नया प्र्रविधिमा अहिले जो कोहि पनि आर्कशित हुने गर्दछन् । त्यसैमाथि पनि युवा पुस्ताहरु अहिले बजारमा आएका नया—नया प्रविधिका बारेमा जानकारी राख्न लालायित छन् भन्ने कुरा काठमाडौंमा जारी क्यान मेलामा देख्न सकिन्छ । माघ १५ गते देखि सुरु भएको क्यान इन्फोटेक मेलामा बजारमा नया निक्लेका स्मार्ट फोन र अपरेटिङ सिस्टमका बारेमा जानकारी लिन युवा पुस्ताको लाम नै लागेको क्यानको दावी छ । नयाँ स्मार्टफोनमा नयाँ अपरेटिङ सिस्टम त्यससँग जोडिएका थुप्रै नया सुचनाका बारेमा निकै सक्रिय भइरहेको क्यानको दावी छ । त्यसैगरी बढदो प्रविधिको विकासले कम्प्युटर र ल्यापटप जस्ता आकर्षणका केन्द« लाई पनि स्र्माटफोनमा समेटिएको कारणले नयाँ युवा पुस्ताको जमात भने स्र्माटफोन र त्यस सँग जोडिएका ग्याजेटमा बढिरहेको युवाहरु स्वयम् बताउँछन् । यसरी नयाँ प्रविधिका बारेमा युवा पुस्ता क्रियाशील रहे नेपाल सूचना र प्रविधिको क्षेत्रमा ठूलो फड्को मार्नेमा दुई मत नहोला ।