१७ माघ २०७२, आईतवार

कानून न्याय तथा संसदीय मामिला मन्त्री अग्नि खरेलले सन् २०१६ लाई कानून निर्माणको वर्षको रुपमा मनाउने वताउनुभएको छ । उहाँले तीन महिनाभित्र नेपालको संविधान २०७२ अन्र्तगत संशोधनका लागि पहिचान भएका ६० वटा कानूनको मस्यौदा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । कानून मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खरेलले सरकारको सय दिन पुग्दा मन्त्रालयले गरेका मुख्य मुख्य उपलब्धिहरु सार्वजनिक गर्नुभएको हो । उहाँले संविधानका अन्तरवस्तुलाई विभिन्न माध्यमवाट जनतामा लैजाने काम भइरहेको वताउनुभयो । नेपालको संविधानमा भएका अन्तरवस्तुलाई रेडियो, विभिन्न पत्रपत्रिका मार्फत नेपाली, भोजपुरी, मैथली, थारु लगायतका भाषामा जनतामाझ सम्पेषण गरिएको जानकारी दिनुभयो । कानून मन्त्री खरेलले आवश्यक कानून निर्माण भएपछि मात्रै संविधानमा उल्लेख भएका संवैधानिक आयोगहरु वनाईने पनि प्रष्ट पार्नुभयो ।

KHAREL

LIVE TV