१७ माघ २०७२, आईतवार

कांग्रेसको १३ औं महाधिवेशन अन्र्तगत भएको गाँउ नगर कार्यसमितिको निर्वाचन अधिकांश स्थानमा सकिएको छ । बाँकि केही स्थानमा आगामी शुक्रवारसम्ममा निर्वाचन हुनेछ । निर्वाचन सकिए लगत्तै आउन थालेका नतिजाहरु कतिपय अप्रत्यासित समेत हुन् पुगेका छन् । जिल्लास्तरका नेताहरु वडामै पराजित भएका छन् । इलाममा आउँदो अधिवेसनमा जिल्ला सभापतिका आकांक्षी होम दुलाल वडामै पराजित हुनुभएको छ । जिल्ला सदस्य रहेका दुलाल देउमाई नगरपालिका ६ वाट पराजित हुनुभएको हो । शेरवहादुर देउवा निकट मानिने दुलाल संस्थापनपक्षीय नेता वेदप्रसाद घिमिरेसंग पराजित हुनुभयो । यता तरुण दल इलाम जिल्ला अध्यक्ष एवं युवा नेता ईश्वर चिपालु पनि वडामा नै पराजित हुनु भएको छ ।

SUSHIL-DEUBA-RAMCHANDRA
संस्थापन र देउवा गुटबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको धरान उपमहानगरपालिका अन्र्तगतका इकाईहरुमा संस्थापन पक्षको पुरै प्यानल विजयी भएको छ । शुक्रवार भएको निर्वाचनमा विगत १४ वर्ष देखि सभापति रहेका किशोर राईलाई भारी मत अन्र्तगतको अन्तरले पराजित गर्दै तीलक राई र उहाँको प्यानल विजयी भएको छ । वैतडीस्थित दशरथ चन्द नगरपालिकामा लालबहादुर चन्द सभापतिमा निर्वाचित हुनुभएको छ । इटहरीमा संस्थापनपक्षीय हेमकर्ण पाडेल पुनः दोस्रो कार्यकालका लागि नगर सभापति चुनिनुभएको छ । कैलालीमा देउवा पक्ष संस्थापन भन्दा बलियो अवस्थामा देखिएको छ । गाऊँ, वडा कार्यसमित तथा क्षेत्रीय प्रतिनिधीका लागि भएको निर्वाचनमा देउवा पक्ष बलियो देखिएको हो । क्षेत्रीय राजनीतिमा गतिलो प्रभाव पार्ने ठानिएको कास्कीमा पनि नतिजा उथलपुथल आएको छ । कास्की नगरपालिकाको सभापतिमा पहिलेकै संस्थापनपक्षीय राजेन्द्रमणि लामिछाने निर्वाचित हुनुभएको छ । आउँदो शुक्रबारसम्ममा सबै जिल्लाका गाउँ विकास समिति र नगरपालिकाका वडास्तरको अधिवेशन सक्ने गरी तयारी कांग्रेसको छ । कांग्रेसका केन्द्रीय निर्वाचन समिति संयोजक राधेश्याम अधिकारीले आउँदो शुक्रबार क्षेत्रीय अधिवेशन हुने भएकाले त्यो दिनसम्ममा सबै जिल्लामा गाउँ विकास समिति र नगरपालिकाका वडास्तरको अधिवेशन सक्ने तयारी गरेको बताउनुभयो । उहाँका अनुसार आइतबार धनुषा र सिरहामा अधिवेशन भइरहेको छ । यस्तै बारा, पर्सा र सोलुखुम्बुमा सोमबार तथा सर्लाहीको क्षेत्र नम्बर ६ मा मंगलबार अधिवेशन हुनेछ । गएको शुक्रबार नै ७५ वटै जिल्लाका गाउँ विकास समिति र नगरपालिकाका वडास्तरको अधिवेशन गर्ने भनिएपनि सोलुखुम्बु, बारा, पर्सा र धनुषामा प्राविधिक कारणले निर्वाचन रोकिएको कांग्रेसले जनाएको थियो । सोलुखुम्बुमा हिमपात भएका कारण निर्वाचन सारिएको हो ।

LIVE TV