
साताको पहिलो दिन आइतवार शेयर बजार ४ दशमलव ५९ अकंले बढेर १ हजार २ सय २० दशमलव ७० अकंमा कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आइतवार १ सय ६ कम्पनीको ४२ करोड ३४ लाख १ हजार रुपैयाँ बराबरको ६ लाख २ हजार कित्ता सेयर किनेबच भएको छ । यस दिन होटल र अन्य बाहेक सबै समूह बढेको छ। उत्पादन समूह २६ दशमलव ४१, हाइड्रो समूह १४ दशमलव ७६, बिमा समूह १० दशमलव ४, फाइनान्स समूह ७ दशमलव ७५, विकास बैंक समूह ६ दशमलव ८१ र बैंकिङ समूह ४ दशमलव ८७ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले बताएको छ । आइतवार रकमका आधारमा नबिल बैंक संस्थापकतर्फको ७ करोड ७२ लाख रुपैयाँ बराबरको उच्च सेयर कारोवार भयो छ । नेपाल इनभेष्टमेन्ट बैंकको साधारणतर्फको ३ लाख ९४ हजार र संस्थापकतर्फको २ करोड २८ लाख रुपैयाँको कारोवार भएको छ । नेसनल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सानिमा बैंक र ग्लोबल आईएमई बैंक र सानिमा माई हाइड्रोको पनि १–१ करोड बढी रकमको कारोवार भयो छ । यूनाइटेड फाइनान्सका लगानीकर्ताले १० प्रतिशत सेयर मूल्य कमाएका छन् ।