
राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकारहरु राष्ट्रको अमुल्य निधि भएको बताउनुभएको छ । उहाँले संगीत र कलाले राष्ट्रको पहिचानमा उल्लेख्य योगदान पु¥याएको स्मरण गर्दै सरकारले वरिष्ठ कलाकारहरुको सम्मान गर्नु पर्ने बताउनुभयो ।
वरिष्ठ संगीतकार नातिकाजीको १९ औं वार्षिक स्मृति दिवसको अवसरमा काठमाण्डौंमा आयोजित विशेष कार्यक्रममा नातिकाजी संगीत सम्मान समर्पण गर्दै राष्ट्रपति भण्डारीले नातिकाजिले नेपाली कला संगीतको क्षेत्रमा दिनुभएको अमुल्य योगदानको सराहना गर्नुभयो । उहाँले नेपालमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्थापनाले नेपाली कला, साहित्य र संगीत क्षेत्रको विकासका लागि महत्वपूर्ण आधार सिर्जना भएको बताउनुभयो । त्यसअवसरमा राष्ट्रपति भण्डारीले नातिकाजी विशिष्ट स्रष्टा सम्मान शारदा विक्रम बस्न्यातलाई समर्पण गर्नुभयो । यसैगरी उहाँले नातिकाजी विशेष सम्मान पीएल श्रेष्ठ, संगीतकार इन्दिरा श्रेष्ठ, गीतकार प्रेमविनोद नन्दन, संगीतकार श्रीपुरुष ढकाललाई प्रदान गर्नुभयो । कार्यक्रममा नातिकाजी संगीत पुरस्कारबाट संगीतकार शिलाबहादुर मोक्तान र गीतकार उषा शेरचनलाई प्रदान गरियो । राष्ट्रपति भण्डारीले नातिकाजी नव प्रतिभा संगीत पुरस्कार गायक विश्व नेपालीलाई प्रदान गर्नुभयो । त्यसअवसरमा स्रष्टाहरुले वरिष्ठ संगीतकार नातिकाजीलाई यथाचित सम्मान हुन नसकेको गुनासो गरे । नेपाली सुगम संगीतमा नातिकाजीले पु¥याएका योगदानको उचित कदरका लागि सरकारसंग पहल गरिदिन उनीहरुले राष्ट्रपति समक्ष आग्रह समेत गरे ।