१७ माघ २०७२, आईतवार

धनुषामा कांग्रेसको नगर तथा गाउँ अधिवेशन भेलालाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले विथोलेका छन् । मोर्चाका नेता तथा कार्यकर्ताहरुले अधिवेशनका लागि भेला आयोजना गर्न लागेको अवस्थामा विरोध प्रर्दशन गर्दै विथोलेपछि प्रहरी बीच झडप भएको छ ।

मोर्चाले तराईको जिल्लामा नेपाली कांग्रेसको नगर,गाउँ र जिल्ला अधिवेशन हुन नदिने घोषण पश्चात पनि पार्टीका केन्द्रीय नेताहरु जिल्लामा आएर अधिवेशन गराउन लागेपछि उनीहरु प्रर्दशनमा उत्रेका हुन् । मोर्चाले जनपकुुरको व्रह्मपुरी स्थिति कांग्रेस नेतृ लिला कोईराला निवासमा आयोजित भेला विथोलेपछि प्रहरी र प्रर्दशनकारी बीच झडप भएको थियो । उक्त झडपमा तीन प्रर्दशनकारी र एक प्रहरी घाईते भएको जनाईएको छ । यसैगरी, मोर्चाले जनकपुरको मुजेलियामा आयोजित भेला, नेपाली कांग्रेसका सभासद रामकृष्ण यादवको निवासमा अयोजित भेला, संकटमोचट उच्चमाविमा आयोजित भेला, धनुषाको हरिहरपुर, दिग्म्बरपुर, बेंगाडाबर, ढल्केवर तथा धनुषाका ७ वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय भेला विथोलेका छन् । मोर्चाका कार्यकर्ताहरुले छुट्टा छुट्टै समुह बनाएर विरोधमा उत्रेपछि धनुषामा कांग्रेसको गाउं,नगर तथा क्षेत्रीय भेला हुन सकेको छैन् । विहानैदेखि मोर्चाका नेता तथा कार्यकर्ताहरु विरोध प्रर्दशन गर्दै भेला विथोलेपछि जिल्लामा सुरक्षा कडा पारिएको छ । मोर्चाको प्रर्दशनका कारण धनुषामा कांग्रेस अधिवेशन अनिश्चित बनेको छ । वातावरण सहज भए २२ गते भित्र गाउँ, नगर,क्षेत्रीय तथा जिल्ला अधिवेशन गरिने निर्वाचन अधिकृत पशुराम कोईरालाले जानकारी दिनुभयो ।

LIVE TV