१७ माघ २०७२, आईतवार

सडक विभागले चालु आवमा १७ हजार मिटर पक्की पुल मर्मतसम्भारको काम सुरु गर्ने भएको छ ।

pul
सडक सुरक्षालाई ध्यानमा राखी विभागको नियमित मर्मतसम्भार कार्यक्रम अन्तर्गत पक्की पुलमा मर्मतसम्भार गर्न लागिएको पुल महाशाखाका वरिष्ठ डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिनुभयो । “यसमध्ये आठ हजार पुल मर्मतका लागि ठेकेदार छनोट गरी दुई महिनाभित्रमा काम सुरु गर्न लागिएको छ, नौ हजार पुल मर्मतको ठेकेदार पनि छिट्टै छनोट गरिनेछ, राजमार्ग र सहायक मार्गमा पर्ने पुल यस पटक मर्मत गर्न लागिएको हो” – उहाँले भन्नुभयो ।
दुई वर्षमा सम्पन्न हुने पुल मर्मतको लागत रु डेढ अर्ब लाग्ने विभागले जनाएको छ । मर्मतका लागि विश्व बैंकले आर्थिक सहयोग गर्नेछ । अन्य पुलमा सामान्य मर्मतको कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो । रासस

LIVE TV