१७ माघ २०७२, आईतवार

अहिले बलिउडका निर्देशक अभिषेक कपुरले फिल्म फितुरको निर्देशन गरीरहेका छन् । सन् २०१३ मा अभिषेकलेआई र कोई पो छे फिल्मको निर्देशन गरेका थिए । उनले निर्देशन गरीरहेका फिल्म फितुरमा कट्रिना कैफले मुख्य भुमिकामा अभिनय गरीरहेकी छिन् ।
1
उनले निर्देशन गरेको फिल्मको प्रोमोशनको बारेमा बिबिसि सँग कुरा गर्दै उनले भने, “सबैले फिल्मको पब्लिसिटि गर्छन् तर मेरो सोँच त्यति छोटो छैन । म ईमान्दारिता पुर्बक फिल्म बनाउँछु र आफ्नो फिल्मको बारेमा यो कुराको साहारा लिने सोचेको पनि छैन” । फिल्म फितुरमा बेगमको भुमिकामा तब्ब्ुले निभाईरहेकी छिन् । यो भन्दा पहिले सदाबहार अभिनेत्रि रेखाले उक्त भुमिका निर्भावह गरेकी थिईन् ।
Rekha
मे २०१५ मा रेखाले फिल्मको सुटिङ्ग छोडेकी खबर आएको थियो । रेखाले फिल्मको सुटिङ्ग छोडेको बारेमा अभिषेक भन्छन् की फितुर फिल्मको सुटिङ्ग टन्नै कास्मिरमा भईसकेको थियो । रेखाले पनि केहि हिस्सा काम गरसिकेकी थिईन्् । रेखालाई फिल्मको कथाबस्तु मन परे पनि सुटिङ्गको सुरु पश्चात उनले आफ्नै तरीकाले अभिनय गर्न थालिन् ।
2
रेखा सिनियर भएकोले उनको ईज्जत गर्छु भन्ने अभिषेक पनि आफ्नै तरीकाले काम गर्न चाहन्छन् । अभिषेक कपुरले भन्छन् की उनिहरु एक आपसमा बिरोधाभास आए पनि पछि शान्तिपुर्वक ढंगले अलग भए । रेखाको ठाउँमा तब्बुले राम्रो अभिनय गरीरहेकी पनि निर्देशक अभिषेकले बताएका छन् । निर्देशक माथि तब्बुको पनि पुर्ण विश्वास रहेको छ । फितुर फिल्म चाल्र्स डिकेंसको उपन्यास (ग्रेट एक्सपेक्टेसन)मा आधारीत फिल्म रहेको छ । यस फिल्ममा कट्रिना कैफ,आदित्य राय कपुर र तब्बुले मुख्य भुमिकामा रहेका छन् ।

LIVE TV