
नाकाबन्दीले अर्थतन्त्रमा नोक्सान शंकर पाण्डे, सभापति बैंक वित्तिय र बीमा समिति महाविनाशकारी भूकम्प र त्यसलगत्तैको मधेस आन्दोलनले मुलुकभरको उद्योग कलकारखाना प्रभावित भएका छन् । नाकाबन्दीले सिंङगो मुलुकको अर्थतन्त्र नोक्सानमा गएको छ ।
यस्तो अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुले उद्योगी व्यवसयाीहरुलाई केही राहत दिनुपर्ने निजी क्षेत्रको आग्रह छ । व्याज र किस्ताका लागि समय थपिदिए धेरै राहत मिल्ने उनीहरुको राय छ । न्युज २४ को आर्थिक कार्यक्रम बीज टकमा कुरा गर्दै उद्योग वाणिज्य महासंघको बैंक वित्तिय र बीमा समितिका सभापति शंकर पाण्डेले तहस नहस अर्थतन्त्रलाई उकास्न बैंक तथा वित्तिय क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताउनुभयो