१७ माघ २०७२, आईतवार

देशप्रेमि फिल्म पनि बेलाबेलामा निर्माण हुने गर्दछन् । त्यस्तै सुरज गीरीले निर्माण गरेका फिल्म जन्मभुमि पनि राष्ट्रियता झल्काउने फिल्म रहेको छ ।
vlcsnap-2016-01-31-12h35m16s163
चैत्र १९ को रीलीज डेट टार्गेट रहेको उक्त फिल्मलाई मोहन निरौलाले लेखन तथ निर्देशन गरेका छन् ।हाम्रो देशको बर्तमान अबस्थालाई फिल्मजन्मभुमि ले पर्दामा ल्याउदैछ । फिल्मका निर्माता सुरज गिरीका अनुसार जन्मभुमि फिल्म पुर्णरुपमा सन्देश मुलकका साथै मनोरञ्जनात्मक भएको बताउँछन् । त्यस्तै देशको राजनितिक बिषयबस्तुको उठान तथा नेपालीहरुले भोगिरहेका समस्याहरुलाई यथार्थ रुपमा चित्रण गरीएको पनि बताउँछन् ।अहिले नेपाली फिल्मका निर्माताहरुले प्रायजसो लभस्टोरी फिल्म मात्र निर्माण गरीरहेको समयमा सुरज गीरीले देशप्रेमि फिल्म जन्मभुमि पनि दर्शकमाझ ल्याएका छन् । यसै फिल्मका नायक बिनोद श्रेष्ठले पनि फिल्म जन्मभुमि देशप्रेमि सन्देश सँगै सबै किसिमहरुको मसला भएको बताएका छन् । यस फिल्म हेरीसके पछि दर्शकहरुले सकारात्मक सन्देश पाउने पनि बताएका छन् ।
vlcsnap-2016-01-31-12h44m16s167
लोक दोहोरीका कलाकार सगुन श्रेष्ठ पनि यस फिल्ममा खलनायकको रुपमा अभिनय गरेका छन् । सगुनले फिल्ममा अभिनय गरेको आफ्नो भुमिकाको बारेका यस्तो बताउँछन् ।
vlcsnap-2016-01-31-12h48m17s30
यस फिल्ममा कार्यकारी निर्मताको रुपमा लक्ष्मि शर्मा रहेकी छिन् । देश संरक्षणमा नारीहरु पनि सक्षम छन् भन्ने सन्देश दिने बताउँछिन् । बिदेशमा रहेर पनि देशप्रेमि फिल्म बनाउँन पाउँदा निकै खुशि भएको बताउँछिन् । उनले मोहन निरौलासंग काम गर्न पाउँदा सोभाग्य ठान्दै फिल्मलाई हेर्न आग्रह गरेकी छिन् ।
vlcsnap-2016-01-31-12h52m06s66
चैत्रको १९ गतेबाट प्रदर्शनमा आउने जन्मभुमि फिल्ममा बिनोद श्रेष्ठ, अनु शाह,निस्मा घिमिरे,
ओम प्रतिक, सगुन श्रेष्ठ, केशब भट्टराई लगाएतले अभिनय गरेका छन् ।

LIVE TV