१७ माघ २०७२, आईतवार

अहिले गाविसका सबै स्थानमा आलु लगाउन थालिएको छ। आलुबाट मनग्य आम्दानी हुन थालेपछि आलुखेतीमा कृषकको आकर्षण बढेको पात्लेखेत व्यावसायिक कृषि सहकारीका अध्यक्ष अर्जुन पराजुलीले बताए। कुनै समयमा आलु किन्न अन्न बोकेर कुइनेमङ्गले, ठाडाखानी धाउने पात्लेखेतका बासिन्दा अहिले आफैले आलु बिक्री गरी पैसा कमाउन थालेका छन्।

aalloo

माग बढ्दै गएपछि आलु खेती विस्तार गर्न थालिएको छ। यस वर्ष गाउँमा आलु बिक्रीमार्फत १२ लाख भित्रिएको पराजुलीको भनाइ छ । यहाँको आलु बेनीबजार र विभिन्न गाविसमा खपत हुने गरेको छ । कृषकलाई आलुको बीउको अभाव हुन नदिन भण्डारण गृह निर्माण, निःशुल्क तालिमलको व्यवस्था गरिएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताए। पात्लेखेतमा हिउँदमा २० हेक्टर क्षेत्रफलमा दुई मेट्रिक टन र वर्षायाममा ४० हेक्टरमा चार मेट्रिक टनसम्म आलु उत्पादन हुने गरेको कार्यालयले जनाएको छ। रासस

LIVE TV