१७ माघ २०७२, आईतवार

खेल मैदान निर्माणका लागि आएको रकम खेलकुद विकास समितिका पूर्व अध्यक्ष र कार्यालय प्रमुखले हिनामिना गरेको खुलासा भएको छ।
दक्षिणी क्षेत्रमा क्षेत्रीयस्तरको खेल मैदान निर्माणका लागि आर्थिक वर्ष २०७१र७२ मा आएको रु पाँच लाख रकम तत्कालीन अध्यक्ष विनोद उदास र कार्यालय प्रमुख लीलाभक्त केसीले हिनामिना गरेको खुलासा भएको हो।

khel maidan

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सिम्पानी क्याम्पसमा निर्माण गर्न लागिएको खेल मैदानका लागि आएको रु पाँच लाख तत्कालीन अध्यक्ष र कार्यालय प्रमुखले कागजी प्रक्रिया मिलाएर हिनामिना गरेको स्थानीयवासीले बताएका छन्। दक्षिणी क्षेत्र गाविसका खेलाडीलाई लक्ष्य गरेर सिम्पानीमा निर्माण गर्न लागिएको खेल मैदानका लागि अहिलेसम्म सर्वेक्षणको काम समेत भएको छैन। खेल मैदान निर्माणका लागि आएको रकम सम्बन्धित ठाउँमा नपुगेपछि निर्माण उपभोक्ता समितिका पदाधिकारी पटकपटक सदरमुकाम धाउने गरेका छन्। गत आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने योजनाको रकम अहिलेसम्म नपाएपछि उपभोक्ता समितिका पदाधिकारीहरू उजुरीसहित सदरमुकाम पुगिरहेका छन्।

तत्कालीन अध्यक्ष र कार्यालय प्रमुखले हिनामिना गरेको रकम तत्काल फिर्ता गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्काले बताए। जुन शीर्षकमा आएको हो, त्यही शीर्षकमा खर्च हुनुपर्छ, उनले भने, यदि त्यसो नगरेको खण्डमा उनीहरूमाथि कारबाही गरिनेछ।

अध्यक्ष र कार्यालय प्रमुखले तत्कालीन समयमा आएको अन्य रकमसमेत हिनामिना गरेको स्रोतले जनाएको छ। स्रोतले दिएको जानकारीअनुसार शीतला मावि खाल्लेको खेल मैदान निर्माणका लागि आएको रु तीन लाखमध्ये रु एक लाख दिएर बाँकी रकम अध्यक्ष र कार्यालय प्रमुखले बाँडेको पाइएको छ।

आफूहरूले चलाएको सबै रकम फिर्ता गर्ने तयारी गरिएको कार्यालय प्रमुख केसीले बताए। सबै उपभोक्ता समितिका पदाधिकारीलाई बोलाएका छ  उनले भने उहाँहरू आउनासाथ सम्झौता गरेर रकम दिएर पठाउने तयारी गरेका छ  । रासस

LIVE TV