१७ माघ २०७२, आईतवार

कावासोती,  नेपाली काँग्रेसको १३औँ राष्ट्रिय महाधिवेशनका लागि गाउँ नगर निर्वाचनमा निर्वाचन सम्पन्न भएको छ । सात नगरपालिका रहेको नवलपरासीमा गैँडाकोटबाट तारापति खरेल, देवचुलीबाट पूर्णकुमार श्रेष्ठ, कावासोतीबाट मुकुन्द भट्टराई, मध्यविन्दुबाट दुमन भण्डारी, बर्दघाटबाट शम्भुलाल श्रेष्ठ, सुनवलबाट सोमबहादुर रायमाझी ९पप्पु० र रामग्राम नगरपालिकाबाट नारायण रेग्मी सभापतिमा निर्वाचित हुनुभएको छ ।

jhanda

यही माघ २२ गते क्षेत्र र माघ २५ गते जिल्ला अधिवेशन हुँदैछ । जिल्ला अधिवेशनमा झन्डै एक हजार ५० प्रतिनिधि सहभागी हुने छन् । सभापतिका उम्मेदवारमा महेन्द्रध्वज जिसी र देवेन्द्रराज कँडेल उम्मेदवार हुनु हुनेछ । कँडेल वर्तमान सभापति पनि हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV