
राष्ट्रपति विद्यादेवी भण्डारीले सहिदको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा स्थिरता, शान्ति, विकास, अग्रगमन कायम गर्न सकेमा मात्र सहिदप्रति सच्चा सम्मान र श्रद्धाञ्जलि हुने भएकाले यसतर्फ सबै नेपाली एकताबद्ध भएर लाग्न जरुरी रहेको बताउनुभएको छ । सहिद दिवसका अवसरमा सन्देश दिँदै राष्ट्रपतिले राष्ट्रनिर्माणको महायज्ञमा स्वतःस्फूर्त रूपले समाहित भई ज्ञातअज्ञात सहिदको सपना साकार पार्न कृतसङ्कल्पित बन्न प्रेरित गर्न सकोेस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।