१६ माघ २०७२, शनिबार

फिल्मको रीलीज हुनु अगाडि कलाकारहरुको चर्चा निकै आउने गर्दछन् । त्यस्तै अहिले फिल्म क्लासिक रीलीज हुन लाग्दा नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको विषेश चर्चा रहेको छ ।
vlcsnap-2016-01-30-12h06m54s85

vlcsnap-2016-01-30-12h07m34s227
उनिहरु व्यवसायिक जोडि हुन् तर जीवन जोडि भने होईनन् । फिल्म मेरो एउटा साथि छ बाट सँगै अभिनय गरिरहेका आर्यन र नम्रताको जोडिलाई दर्शकहरुले निकै रुचाएका छन् । क्लासिक फिल्म भन्दा अगाडि उनिहरुले नोभेम्बर रेनमा पनि सँगै अभिनय गरेका थिए । यस फिल्मलाई पनि दर्शकहरुले निकै रुचाएका थिए । अहिले फिल्म क्षेत्रमा आर्यन र नम्रताको यहि सफलता पश्चात उनिहरुको सम्बन्धले बिशेष चर्चा पाएको छ ।
vlcsnap-2016-01-30-12h07m06s211
यसै सन्दर्भमा नायक आर्यनले उनिहरुको सम्बन्ध व्यावसायिक मात्र रहेको बताएका छन् । न्युज ट्वान्टि फोरको कार्यक्रममा छ प्रश्न कार्यक्रममा बोल्दै आर्यनले नम्रता सँगको उनको सम्बन्ध व्यवसायिक मात्र रहेको बताएका हुन् ।दर्शकहरुले पनि उनिहरुको जोडिलाई निकै प्रोत्साहन दिदै आएका छन् । नोभेम्बर रेनको ठुलो सफल्ता पश्चात क्लासिक फिल्ममा पनि सँगै काम गरेका उनिहरुको जोडिको चर्चा हुनु स्वभाविक हो । आर्यनका अनुसार उनिहरुको प्रोफेशनल व्यावसायिक जाडि मात्र रहेको छ । तर फिल्म क्षेत्रका केहि कलाकारहरुको बास्तविक जोडि भने यस्तै व्याबसायिक जोडि बाट सुर भएको पनि पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV