
चलचित्र प्रेम गीतका गीत संगितहरु यतिबेला निकै चर्चामा छन् । यही गीत संगितका कारण चर्चामा रहेको यस चलचित्रले केही महीना अघि कभर गीत प्रतिस्पर्धा राखेको थियो । कभर गीत प्रतिस्पर्धामा पाच सय साठी ब्याक्तीहरु सहभागी भएका छन् ।
संसारभर बाट सहभागी प्रतिस्पधीहरुबाट युट्युब दर्शकको आधारमा टप १५ छानीने निर्माता सन्तोस सेनले बताए । तिनै सहभागी हरुले आफ्नो स्वरमा गएको टाइटल गीत “म यस्तो गीत गाउछु ” सार्वजनिक गरिएको छन् । संसारभर बाट सहभागी प्रतिस्पधीहरुबाट युट्युब दर्शकको आधारमा टप १५ छानीने निर्माता सन्तोस सेनले बताए ।
उत्कृष्ट टप १० फागुन ४ मा सार्वजनिक गरिने छन्, भने राम्रो प्रतिभा भएर पनि युट्युबमा कम दर्शक पाएका ५ लाई समेत प्रतिस्पर्धामा राखेर टप १५ बनाइने छन् । यस्तै टप १५ को अन्तिम प्रतिस्पर्धा फागुन ८ गते हुनेछ ।
बिजेतालाई १ लाख नगद प्रदान गर्नुको साथै टप १५ प्रतियोगीहरुलाई कलर्स मोबाइल प्रदान गरिने छन् ।
माघ २९ गतेबाट रीलिज गर्न लागिएको चलचित्रमा नायिका पूजा शर्मा, नबनायक प्रदिप खड्का, सरोज खनाल, रुपा राना लगायतले अभिनय गरेका छन् । सन्तोष सेनको लगानी रहेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।