१६ माघ २०७२, शनिबार

काठमाडौं । यू-१९ विश्वकप क्रिकेट अन्तर्गत आयरल्याण्डविरुद्धको खेलमा नेपालले १३२ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ राजेको आयरल्याण्डले पूरै ५० ओभरमा ९ विकेटको क्षतिमा ३१ रन बनायो ।

u-19-Nepali-Team_717692728

नेपालका लागि सन्दिप लामिछानेले ५ विकेट लिए । यू-१९ विश्वकपमा नेपालका लागि ह्याट्रिक लिने लामिछाने पहिलो र एक मात्र नेपालि बलर बने । प्रदिपसिंह ऐरीले २ तथा सुनिल धमला र सुशील कँडेलले एक-एक विकेट लिए ।

आयरल्याण्डका लागि जे टेक्टरले नटआउट ३० रन बनाए ।

पहिलो खेलमा टेष्ट मान्यताप्राप्त टोली न्यूजिल्याण्डलाई ३२ रनले हराएको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिएको छ । शनिबारको खेल जिते नेपाल दोस्रो चरणमा पुग्नेछ । अघिल्लो चरण पुग्न नेपाललाई शनिबारको खेल जित्नैपर्ने दबाव छ ।

समूह ‘डी’मा रहेको नेपाल २ अंकसहित दोस्रो स्थानमा छ । भारत भने पहिलो स्थानमा छ ।

 

LIVE TV