
बलिउड नायिका जुहि चावला र आजमी अभिनित फिल्म चक एण्ड डस्टर पुनः एक पटक प्रदर्शन हुने भएको छ । उल्लेखनिय कहानि भएको फिल्म चक एण्ड डस्टर सिनेमा हलमा लागेको दुई हप्ता पछि हलबाट बिदा लिएको थियो । भारतीय शिक्षा प्रणालीको व्यावसायिकरणमा आधारीत यस फिल्मलाई जयंत गीलटारले निर्देशन गरेका हुन् ।
यो फिल्म अन्य बलिउड फिल्महरुको तुलनामा धेरै राम्रो फिल्म भएको हुनाले पुनः प्रदर्शन गरीने भएको बताएका छन् । यो फिल्मले निकै प्रसंसा पाएको भन्दै जुहिले खुशि व्यक्त गरीन् । यो फिल्मलाई उनले शिक्षण संस्थाहरुमा प्रदर्शन गर्ने बताएकी छिन् । यसरी शिक्षा सम्बन्धि फिल्म शिक्षण संस्थाहरुमा प्रदर्शन गर्दा धेरै जनताहरुले हेर्न पाउने पनि बताईन् । यस उल्लेखनिय फिल्म चक एण्ड डस्टरलाई गुजारातका साथै बिहार, दील्लि, राजस्थान र उत्तर प्रदेशमा प्रदर्शन गरीसकेका छन् । राम्रो फिल्म भएको र भारतीय जनताले पुनः प्रदर्शनको माग गरेकाले प्रदर्शनमा आउने भएको हो ।