१६ माघ २०७२, शनिबार

यसैबीच, सहिद दिवसको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिले पनि छुट्टा छुट्टै सन्देश निकालेर संविधान कार्यान्वयन गर्दै शान्ति र समृद्धिको बाटोमा दृढतापूर्वक अघि बढेमा मात्रै सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभएको छ ।

ljof]08 j]Olhª sld6L, /fli6«o dfgj clwsf/ cfof]u;lxt !^@ j6f ;ª3;+:yfn] a'waf/ sf7df8f}Fdf cfof]hgf u/]sf] ;ftf}F dfgjclwsf/ /fli6«o dxfe]nf–@)&@ sf] pb3f6g ub}{ /fi6«klt ljBfb]jL e08f/L . tl:a/ M k|bLk/fh jGt, /f;;

राष्ट्रपति विद्यादेवी भण्डारीले सहिदको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा स्थिरता, शान्ति, विकास, अग्रगमन कायम गर्न सकेमा मात्र सहिदप्रति सच्चा सम्मान र श्रद्धाञ्जलि हुने भएकाले यसतर्फ सबै नेपाली एकताबद्ध भएर लाग्न जरुरी रहेको बताउनुभएको छ । सहिद दिवसका अवसरमा सन्देश दिँदै राष्ट्रपतिले राष्ट्रनिर्माणको महायज्ञमा स्वतःस्फूर्त रूपले समाहित भई ज्ञातअज्ञात सहिदको सपना साकार पार्न कृतसङ्कल्पित बन्न प्रेरित गर्न सकोेस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
त्यसैगरी, उपराष्ट्रपति नन्दकिशोर पुनले शान्त, समृद्ध राष्ट्र निर्माण र संविधानसभामार्फत प्राप्त नयाँ संविधानको पूर्ण कार्यान्वयन नै आजको प्रमुख आवश्यकता भएको बताउनुभएको छ । सहिद दिवसको अवसरमा सन्देश दिँदै पुनले जुन उद्देश्यका निम्ति बलिदान भएको थियो, त्यसको प्राप्ति र तत्पश्चात् त्यसको स्थायित्वका लागि देशवासी सबै एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता आल्याउनुभएको छ ।

LIVE TV