
भक्तपुर–कलेज बंक गरी चलचित्र हेर्न पुगेका ३० विद्यार्थी शुक्रबार प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक किरण बज्राचार्य नेतृत्वको प्रहरी टोलीले शुक्रबार भक्तपुरको घलातेंस्थित बाराही सिनेमाबाट ३० जना विद्यार्थीलाई नियन्त्रणमा लिएको हो ।
कलेज पोसाकमा बाराही सिनेमाको ‘क’ हलमा हिन्दी फिल्म ‘एअरलिफ्ट’ र ‘ख’ हलमा नेपाली चलचित्र ‘पशुपतिप्रसाद’ हेर्दै गरेका उनीहरुलाई फिल्म नसिद्धिदैं प्रहरीले नियन्त्रणमा लिएको हो । हलमा फिल्म चलेकै बेला प्रहरी पसेपछि हो–हल्ला भएको थियो । प्रहरीले कलेज पोसकमा रहेका विद्यार्थीलाई समाउन थालेपछि अन्य दर्शकसमेत त्रसित भएका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।