संविधान संशोधनपछि मधेसी मोर्चासँगको संवाद शिथिल भएको छ । विपक्षी कांग्रेससहित सत्तारुढ दलहरुले गत शनिबार संविधान संशोधन गरेका थिए ।
मधेसी दलहरुको विरोधकै बीच संशोधन भए पनि संशाधित प्रावधानले मधेसको माग केही सम्बोधन भएको विश्लेषण प्रमुख दलहरुको छ । तर मधेसी मोर्चाले आन्दोलन जारी राखेका छन् ।
प्रमुख दलका नेताहरुले अनौपचारिक छलफलमा गरिरहे पनि औपचारिक संवाद नहुँदा गम्भीर कुराकानी हुन सकेको छैन ।
सरकारी वाता टोलीका सदस्य अग्नि खरेलले प्रमुख दलहरु आन्तरिक बैठक र छलफलमा रहेकोले संवाद पातलिएको बताए । कान्तिपुर दैनिकमा खबर छ ।