
काठमाडौं–कांग्रेसको १३ औं महाधिवेशन प्रक्रिया शुक्रबार बिहानदेखि देशभर चलिरहँदा राजधानीमा नेताहरु निकै व्यस्त देखिन्थे । सभापति सुशील कोइराला, बरिष्ठ नेता शेर बहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल देशभरबाटै आ–आफ्ना पक्षका प्रतिनिधी ल्याउन कार्यकर्तासँग निरन्तर सम्पर्क गरिरहेका थिए । महामन्त्री प्रकाशमान सिंह, कृष्ण सिटौला पमि टेलिफोनमार्फत कार्यकर्ता परिचालन गरिरहेका थिए । निर्वाचन सुरु भइसक्दा कुनै जिल्लामा क्रियाशिल सदस्यताकै विवाद देखियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।