१६ माघ २०७२, शनिबार

वीरगञ्ज । बिहान ८ बजेतिर रक्सौलतर्फबाट करिब सयजनाको संख्यामा आएका व्यापारी र कारोबारीहरूले धर्नाकारीहरूले मितेरी पुलमा टाँगेको टेन्ट उखेलेर फाल्ने प्रयास गरेका थिए ।

A truck passing through Miteripul of Birgunj checkpoint on Monday, November 02, 2015. The checkpoint was obstructed by United Democratic Madhesi Front (UDMF) for past 40 days. Photo: Ram Sarraf
A truck passing through Miteripul of Birgunj checkpoint on Monday, November 02, 2015. The checkpoint was obstructed by United Democratic Madhesi Front (UDMF) for past 40 days. Photo: Ram Sarraf

उनीहरूले टेन्टछेउमै नाका अवरुद्ध पार्न आन्दोलनकारीले तेस्र्याएको बाँसको ढाट मात्र हटाएर ट्रकहरू छिराएको धर्नामा बसेका वृद्ध तेलीले बताए ।

‘हामी दुईजना मात्रै भएकाले प्रतिवाद पनि गरेनौँ, पछि उनीहरूले बाँसको ढाट मात्र हटाएर ट्रकहरू छिराए,’ उनले भने, ‘नेताहरूलाई मोबाइलबाट फोन गर्‍यौँ, तर कोही पनि आएनन् ।’

बिहान रक्सौलबाट छिरेका मालबाहक ट्रक वीरगन्ज भन्सार कार्यालयको यार्डमा छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

LIVE TV