१६ माघ २०७२, शनिबार

प्रधानमन्त्री केपी ओलीले ७ देखि ११ फागुनसम्म भारत भ्रमण गर्ने गरी सरकारले तयारी थालेको छ । ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले २४ असोज र १६ पुसमा टेलिफोनमार्फत भ्रमणको निम्तो दिएका थिए भने विदेश मन्त्रालयमार्फत लिखित निमन्त्रणा पनि पठाइसकेका छन् । प्रधानमन्त्री ओलीको भ्रमण तयारीका लागि अर्थमन्त्री विष्णु पौडेल २४ माघमा भारत भ्रमणमा जाँदै छन् ।

kp oli dai

पौडेल भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा तीनदिने भ्रमणका लागि दिल्ली जान लागेका हुन् । पौडेलले २४ माघमा विदेशमन्त्री सुष्मा स्वराज र २५ माघमा भारतीय समकक्षी अरुण जेट्लीसँग भेट्ने तय भएको प्रधानमन्त्रीका विदेश मामिलाविज्ञ गोपाल खनालले जानकारी दिए । एजेन्डा तय गर्न प्रधानमन्त्रीको निर्देशन भारत भ्रमणको तयारी गर्न यसअघि प्रधानमन्त्री ओलीले २८ पुसमा उपप्रधानमन्त्री, मन्त्री तथा सचिवहरूलाई बालुवाटार बोलाएर भारतसँग छलफलको एजेन्डा तयार गर्न निर्देशन दिएका थिए ।

‘प्रधानमन्त्रीले एजेन्डा तयारीका लागि सम्बद्ध मन्त्री र सचिवहरूलाई बोलाएर निर्देशन दिनुभएको थियो र यसमा प्रगति भएको छ,’ खनालले भने । नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्
LIVE TV