
अध्ययन र रोजगारीमा विदेश जानेलाई प्रहरी रिपोर्ट अनिवार्य छ। स्वदेशमै पनि केही कम्पनीले जागिरका लागि प्रहरी रिपोर्ट माग्ने गरेका छन्। तर, प्रहरीले हेर्ने मुद्दालाई मात्र आधार बनाएर रिपोर्ट दिने गरिएकोमा अब अन्य मुद्दालाई पनि आधार बनाइनेछ। नयाँ पत्रिका दैनिकमा समाचार छ।
राजस्व छली, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार, वन्यजन्तुको तस्करी, वैदेशिक रोजगार ठगी, अवैध मुद्राको कारोबारजस्ता मुद्दाका दोषीलाई पनि प्रहरी रिपोर्ट नदिने गृह मन्त्रालयले प्रस्ताव गरेको छ।
यस्तै प्रहरी मुख्यालयमा ‘क्रिमिनल डाटा सेन्टर’ राख्ने प्रक्रिया अघि बढाइएको छ। ‘प्रहरीले अनुसन्धान नगर्ने मुद्दाको विवरण लिएर क्रिमिनल डाटा सेन्टर बनाउने प्रक्रिया अघि बढेको छ,’ एआइजी विज्ञानराज शर्माले भने।