
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ११ बुँदे माग पूरा गराउन ६ महिनादेखि जारी मधेस र नाका अवरोधबारे भारतको युपी र बिहारमा बहस सुरु भएको छ ।स्थानीय पूर्व विधायक र सत्ताधारी दलका नेताको अगुवाइमा मधेस मुद्दाबारे बहस चलाइएको छ ।
यूपीको सीमाबाट सुरु भएको मधेस आन्दोलनलाईै ऊर्जा प्रदान गर्ने कार्यक्रम अहिले नेपाल-भारत सीमावर्ती बिहारका सहरमा सञ्चालन भइरहेको छ ।
यो कार्यक्रममा बिहार सहरका नागरिक, यहाँका सत्ताधारी दलका नेता, मधेसी मोर्चाका स्थानीय नेता, कार्यकर्ता र मधेस मुद्दा बोकेर आन्दोलनमा लागेका अन्य नेताको सहभागीता रहने गरेको छ । नागरिक दैनिकबाट ।