
काठमाडौं–नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत शुक्रबारबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको छ । मुलुकभर शुक्रबार पार्टीको सबैभन्दा तल्लो इकाइ गाउँ नगर समितिको निर्वाचन सुरु भएको हो ।
देशैभरी एकैसाथ निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेपनि शुक्रबार ७१ जिल्लामा मात्र नर्वाचन प्रक्रिया सुरु भएको छ । चार जिल्लामा निर्वाचन तालिका हेरफेर गरिएको छ । अधिवेशनको क्रममा केही गाउँ÷नगर समितिमा छिटपुट समस्या देखिएको र शुक्रबार नभ्याएको ठाउँमा शनिबार अधिवेशन सम्पन्न गर्ने तायरीमा कांग्रेस लागेको छ । पार्टीको ४ लाख ७० हजार क्रियाशील सदस्य प्रत्यक्ष सहभागी हुने निर्वाचनले आगामी चार वर्षका लागि गाउँ नगर समितिको नेतृत्व चयन गर्नेछ भने क्षेत्रीय तहको नेतृत्व चयनका लागि प्रतिनिधिसमेत छनोट गर्नेछ । आजको नागरिक दैनिकमा खबर छ ।