१६ माघ २०७२, शनिबार

धरान । कांग्रेसको धरान उपमहानगरपालिकाको निर्वाचनमा कार्यकर्ताबीच झडप भएको छ । संस्थापन पक्ष र देउवा पक्षबीच झडप भएपछि छुट्याउन गएको प्रहरीमाथि खुकुरी प्रहार हुँदा प्रहरी हबल्दार जीत बहादुर बराईली र जवान सुरज कुमार साह घाइते भएका अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

kangreshflag

बराईलीको दाहिने खुट्टामा खुकुरीले काटेको छ । भने साहको खुट्टा, छाती र शरिरका विभिन्न भागमा चोट लागेको छ । दुवैको बिपी प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

संघीय समाजवादी फोरम छोडेर केही महिनाअघि कांग्रेस प्रवेश गरी देउवा समूहमा लागेका अजय राई र बरुण राईको समूह र संस्थापन पक्षका तरुण दल सुनसरीका उपसभापति सन्तोष विक र सेते राईको समूहबीच वडा नम्बर १७ को उदय सामुदायिक वनको मतदान केन्द्रमा झडप भएको  छ ।

 

LIVE TV