१५ माघ २०७२, शुक्रबार

एजेन्सी – सन्तान जन्माउन वा जन्मिएपछि आमाले बिदा लिने गरेको सुनिदै आएको हो ।  नयाँ सन्तान जन्मिएपछि सन्तानको स्याहारसुसार गर्न बाबु बन्नेहरुलाई स्याहार विदाको अवधारण लागू हुन धेरै देशमा बाँकी नै छ । तर, स्वीडेनमा भने सन्तान जन्मेपछि हरेक बाबु अनिवार्य रुपमा विदामा बस्नुपर्छ । स्वीडेनले सन् १९७४ देखि नै बच्चाको स्याहार गर्न यो नियम लगाएको हो । फेरि अहिले बाबुहरु तीन महिना पूर्णरुपमा घरमा नै सन्तानको स्याहारमा बिताउन प्रोत्साहन गरेको छ ।

10sweden-1-articleLarge
‘आज बिहान बच्चाहरुलाई जाडोको लुगा लगाइदिँदा २० मिनेट लाग्यो,’ नयाँ सन्तानका पिता फ्रेडरिक केसरभिक आफ्नो छोरालाई एउटा मेचमा राख्दै भन्छन्, ‘उनको छेउमै अर्का बाबु रिकार्ड बार्थन फ्रेडरिकको भनाई सहमति जनाउदै भन्छन्, ‘यो वर्षकै सवैभन्दा खराब समय हो ।’ वार्थन आफ्नो १६ महिनाकी छोरीको स्याहारमा व्यस्त छन् अहिले ।
यी दुई पिता दक्षिणी स्वीडेनको एउटा कफी पसलमा कफी खाँदै आफ्ना दुःखसुःख आदान प्रदान गरिरहेका छन् । उनीहरुका सन्तान अन्य बच्चाहरुसँग हातले इसारा गरेर छुनुमुनु गरिरहँदा यी दुई बाबुहरु भने दिउसो कसरी समय व्यतित गर्ने होला भनेर छलफल गरिरहेका छन् ।
बच्चाहरुले चारैतिर घेरेर लञ्च गरिरहेको वा पार्कमा बेबी केरियज बोकेर घाम तपाईरहेको बाबुहरुको दृश्य स्वीडेनका लागि अब कुनै नयाँ भएन । सन् १९७४ मा पुरुषलाई सन्तान स्याहारको विदा दिएर लन्डन स्वीडेन विश्वमा बच्चा र घर स्याहार गर्न दुबै जोडीलाई समान अवसर प्रदान गर्ने मुलुक बनेको थियो ।
‘यहाँ निकै कडा संस्कार छ,’ लिंकोपिङ युनिर्भसिटीका लैगिंक अध्ययन सम्बन्धी वरिष्ठ लेक्चर तथा अनुसन्धानकर्ता रोगर क्लिनिथ भन्छन् । ‘बच्चास्याहार गर्न पुरुषलाई पनि समान सहभागीता दिन राजनीतिक दलहरुले सन् १९७४ मतदान गरेका थिए । यसको अर्थ अभिभाब बन्न महिला र पुरषको समान अवस्था हुनुपर्छ । सन्ताउन हुर्काउने विषयमा एउटा मात्र लिंगलाई बोझ वा मुख्य दायित्व दिनुहुदैन भन्ने विषयमा यहाँको सरकार स्पष्ट छ’ उनी भन्छन् ।
सरकारी निर्णय अनुसार हरेक नयाँ बच्चा जन्माउद जोडिले ६ महिना बिदा पाउछन । विदा पाएको ६ महिनाभर हरेक पार्टनरले आधा दिन पुरा समय सन्तानको स्याहारमा बिताउनुपर्छ । अर्थात ६ महिनाभर हरेक आधा दिन पुरुष र हरेक आधा दिन महिलाले स्याहार गर्नुपर्छ । तर पुरुषले आफूले पाएको विदा हस्ताक्षर गरेर महिलालाई दिन  पाउने विकल्प पनि रहेको छ र धेरै पुरुषले यस्तो विकल्प छनौट गरेका छन् ।

परिणामस्वरुप दुई दशकपछि ९० प्रतिशत विदाका दिन अहिले महिलाहरुले उपयोग गरिरहेका छन् । विदा सम्बन्धि समधान गर्न सन् १९९५ मा डेडी आरक्षण गरिएको थियो । जसअनुसार  प्रयोग गर वा गुमाउ भन्ने आधारमा पूर्ण रुपमा ३० दिनको विदा बाबुलाई छुट्याइयो । यदि बाबुले यो विदा नलिएमा जोडिले नै एक महिनाको पेड लिभ गुमाउने गथ्र्यो । सन् २००२ मा यो विदालाई ६० दिन पुर्याइयो । दुबै सुधारहरुले बाबुहरुले लिने बिदाको अनुपातमा प्रत्यक्ष प्रभाव पयो ताकी सन् २०१४ मा जोडिलाई प्राप्त सम्पूर्ण बिदामध्ये २५ प्रतिशले लिएका थिए । यही जनवरीमा आएर यो आरक्षण ९० दिन पुगेको छ ।
अहिले स्वीडेनका जोडिले बच्चा जन्मिएपछि जम्माजम्मी १६ महिना (४८०) दिनको पेड अभिभावक विदा पाउछन । पहिलो ३९० दिन विदामा बस्ने एक जना अभिभावकले (एउटा जोडि) लाई राज्यले आफ्नो आम्दानीको ८० प्रतिशत पाउछन् । त्यसपछि अभिभावकहरुले ९० दिन बढी बिदा पाउँछन् र उनीहरुलाई न्यून दर प्रदान गरिन्छ । हालै ल्याइएको पछिल्लो परिबर्तनसँगै एउटा आमाले ४२० दिनबाट ३९० अर्थात १४ महिनाबाट १३ महिनासम्म पाउँछन् ।
रिकार्ड, ४१, एउटा टेलभिजन नेटवर्कमा काम गर्छन् भने फ्रेडरिक (४०) विज्ञापन एजेन्सीमा काम गर्छन् । दुबैजनाले सन्तान हेर्न कम्तिमा चार महिनाको विदा लिएका छन् ।
बच्चाको स्याहारको विदामा बसेका ड्याडीहरुको एउटा फेसबुक समूह नै छ । उनीहरु एक आपसमा आफ्ना भावनाहरु आदान प्रदान गर्छन् । सन्तानहरु खेलिरहदा ड्याडीहरु भने कफी वा सँगसँगै लन्च खाने वा कथा भनेर दिन काट्छन् ।
आफ्नो छोरा इल्टन बाबुसँग बढी घुलमिल हुने गरेको फ्रेडरिककी श्रीमति सुसाने बताउँछिन् । उनी दिउसभर कार्यलय जान्छिन, त्यही भएर पनि बाबुसँग छोराको निकटता बढेको हो । ‘दिउसभर बच्चालाई हेरबिचार गर्दा फ्रेडरिकलाई दिक्क लाग्दो रहेछ तै पनि स्याहार नगरी भएन ,’ सुसान भन्छिन् ।
तर, फ्रेडरिकको बाबुको हकमा भने धेरै कुरा फरक थियो । फ्रेडरिक जन्मिदा उसले केही दिनमात्र हेडमास्टरको जागिरबाट बिदा लिएका थिए, तथापी उनले धेरै विदा लिन सक्थे । -स्वास्थ्य खबरपत्रिका

 

LIVE TV