
दिपेन्द्र के खनालको निर्देशनमा बनेकोे फिल्म पशुपति प्रशादको प्रिमियर शो सम्पन्न भएको छ । बिहिबार बेलुकी जय नेपाल हलमा उक्त शो गरीएको थियो ।
खनालको निर्देशनमा बनेको फिल्मलाई हेर्नका लागि उपस्थित भएका सबैजना उत्साहित थिए । उक्त फिल्म हेरीसके पछि सबैको मुहारमा खुशिका साथै भाबुकता देखिएको थियो । यस फिल्म करिब २ घण्टा १० मिनेट जति लामो रहेको छ ।
कलाकार बर्षा सिवकोटि र खगेन्द्र लामिछाने मुख्य भुमिका रहेका पशुपति प्रसादको कथाबस्तु निकै भाबुक खालका रहेकोले हाँस्य कलाकार हरीबंश आचार्य र नायक सरोज खनालले पनि बिशेष मन पराएको बताए । त्यस्तै हाँस्य कलाकार दीपा श्री निरौला र दीपक राज गीरी पनि फिल्म हेरसिके पछि केहि भाबुक भएको देखिए ।
पशुपति प्रसादको प्रिमियर शो मा निर्देशक निश्चल बस्रनेत, बिकास आचार्य, नायिका ऋचा शर्मा लगाएतले उपस्थिति जनाएका थिए । खासै चलचित्रकर्मिहरुको उपस्थिति भने कम रहेको थियो । विभिन्न सामाजिक सञ्जालहरुमा पनि पशुपति प्रसाद फिल्मको राम्रो प्रतिकृयाहरु मिलिरहेको देखिन्छन् ।