
शिक्षाका चालु र नयाँ कार्यक्रम कार्यान्वयनका लागि शिक्षामन्त्री मन्त्रीको दैनिक बैठकले मन्त्रालयका उच्च अधिकारीसँग दैनिक समीक्षा बैठक आयोजना गर्न थालेका छन्। मन्त्रालयका सचिव, सहसचिव र विभागीय प्रमुखसँग हुने नियमित बैठकमा अघिल्ला दिनको समीक्षा र सो दिन गर्नुपर्ने कामका बारेमा ताजगीकरण भई निर्देशन दिने गरिएको छ।
मन्त्री काठमाडौँ उपत्यका वा अन्य बैठकमा रहेको अवस्थामा बाहेक दैनिक हुने यस्ता बैठकले कामको प्रभावकारिता बढाउन सहयोग पुग्ने मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले बताए। अघिल्ला शिक्षामन्त्रीहरूसँग उच्च कर्मचारीकै पहुँच नभएका गुनासो आउने गरेको सन्दर्भमा मन्त्री पोखरेलको सो कार्यलाई नयाँ प्रयोगसमेत मानिएको छ। मन्त्री पोखरेलले गत मङ्सिर ४ गते १८ बुँदे शैक्षिक सुधारको प्रतिबद्धता जारी गर्नुभएको छ भने भूकम्पबाट प्रभावित विद्यालयको पुनःनिर्माणका लागि अलग्गै एकाइ खडा गरी काम थालिएको छ। अहिले छवर्षे विद्यालय क्षेत्र विकास कार्यक्रमको अवधारणा निर्माण कार्य भइरहेको छ। रासस