
वीरगंजको सरकारी निकायका र्कमचारीहरुले मधेश आन्दोलनको फाइदा उठाउँदै सरकारी र्कायलयका सारा काम काज आफनै घरबाटै सञ्चालन गर्ने गरेका छन । मोटो पैसाको चलखेलमा र माफियाहरुको सहयोगमा वीरगंज मालपोत कार्यालयका र्कमचारीहरुले आफनो घरबाटै कामकाजको थालनी गरेका छन । वीरगंज मालपोत र्कायलय का ना सु रामशवर प्रशाद शाहले आफनो घरबाटै लेखतहरु पास गरिरेहेका छन । मालपोतमा सेवा लिन पुगेका एक सेवाग्रही अनुसार ना सु शाहले एउटा दृष्टिबन्धक रसिद काटे वापत रु २००० देखि रु ४५०० सम्म लिने गरेका छन । यसो किन हो भने सेवाग्रहीले सोध्दा बन्दीमा पनि घरबाटै दिईरहेकोले आफुहरुलाई पनि केहि चाहिएन भनि जवाफ दिने गरेका छन ना सु शाहले ।