
https://www.youtube.com/watch?v=rju98Qh9o5M&feature=youtu.be
शुक्रबार देखी फिल्म पशुपति प्रसाद र रेफ्युजि प्रदर्शनमा आएका छन । रीलिजको पुर्ब सन्धामा फिल्म पशुपति प्रसादको बिशेश शो को आयोजना पनि गरीएको थियो ।फिल्मका प्राबिधिक एबं कलाकारले अतिथिहरुलाइ बिशेश शा्ेमा साथ दिएका थिए । दिपेन्द्र के खनालको लेखन र निर्देशन रहेको पशुपति प्रसादले गाउमा हुर्केको पशुपति प्रसाद आफ्ना मृत्यु भएका बाबु आमाले लिएको ऋण तिरेर बाबु आमाको अस्तु सेलाउन लाइ गरेको संघर्षलाइ पर्दामा हेर्न पाइन्छ ।
दिपेन्द्रले सरल कथा बस्तुलाइ पशुपति क्षेत्रमै छायाँगकन गरी प्रस्तुत गरेका छन ।फिल्म पशुपति प्रसादको भुमीकामा खगेन्द्र लामीछाने रहेका छन उनलाइ पर्दामा बर्षा शिवाकोटी,बिपिन कार्की,प्रकाश घिमीरे,रबिन्द्र शिंह बानिया लगायत कलाकारले साथ दिएका छन ।टुकी प्रोडक्सन र दिपेन्द्र के खनाल प्रोडक्सनको ब्यानरमा फिल्मलाइ तयार गरीएको छ ।
त्यसै गरी अर्को फिल्म रेफिउजि पनि यही शुव्रmबार देखी प्रदर्शनमा आएको छ ।फिल्मले भुटानबाट लखेटीएका नेपालीको कथा लाइ पर्दामा प्रस्तुत गरेको छ ।फिल्मलाइ अनुभबि निर्देशक उदय सुब्बाले निर्देशन गरेका हुन ।जय श्रि बुढा सुब्बा फिल्मको ब्यानरमा तयार भएको फिल्ममा जिबन लुइटेल,रीस्ता बस्नेत,निर शाह,अशोक शर्मा लगायत कलाकार मुख्य भुमीकामा रहेका छन ।बलिउड फिल्म साला खडुस र मस्तीजादे पनि प्रदर्शनमा आएका छन ।