
कोलम्बियको सुपरस्टार शाकीराले २०१० को फिफा वल्ड कपका आधिकारीक गीत वाका वाका लाई एक अर्ब भन्दा बढिले हेरेको बताएकी छिन् ।
साकिराले ट्विट गरेकी छिन्, “वाका वाकालाई एक अर्र्ब भन्दा बढिले हेरीसके । यो गीत र भिडियोले मेरो दुनिया नै फेरीदिएको छ ।” साकिराको यो गीतको ठुलो सफलता पश्चात उनि अमेरीकाको तेस्रो चर्चित कलाकार बनेकी छिन् । साकिराले पहिले नै ब्रुनो मार्स, मार्क रानसन र एनरिक इग्लेसियसमा पनि चर्चा कमाई सकेकी थिईन् । २०१० मा भएको उक्त भिडियोको सुटिङ्गको दौरानमा उनको प्रेमि फुटबलर गेरार्द पिकले पनि साथ दिएका थिए । उनिहरुको दुई बच्चाहरु मिलान र साशा छन् ।