
काठमाडौंका लागि लाइफ लाइन मानिएको र सबभन्दा बढी राजश्व संकलन गर्ने बीरगञ्ज रक्सौल नाकामा रौनक फर्किएको छ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र भारत सरकारको मुख्य निशानामा परेको यस नाका चार महिना चकमन्न बनेपछि बल्ल आएर चलायमान बन्न थालेको छ । नेपालको संविधानमा गरिएको पहिलो संशोधनप्रति भारत सकारात्मक देखिएसंगै नाकाबाट आयातको अवस्थामा सुधार आएको हो ।