
ओखलढुंगा – पतिपत्नीबीच बादविवाद भइरहन्छ। घरायसी विषयमा प्रायः ठाकठुक पर्छ। त्यसो हुँदा छिमेकीलाई डिस्टर्व त हुँदैन ? त्यस्तो हो भने ओखलढुंगाको मोली–८, नेपानेको आमा समूहले भने जरिवाना गर्न थालेको छ।
आपसी झगडाले छिमेकीलाई असर गर्यो भने १५ सय जरिवाना लिने गरेका हुन्। १ वर्ष अघिदेखि जरिवानाको नियम बनाइएको हो। हालसम्म ५ जनाले कारबाही भोगिसकेका छन्। आजको कान्तिपुर दैनिकमा खबर छ ।