१५ माघ २०७२, शुक्रबार

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थाइल्याण्ड जाँदै हुनुहुन्छ । बैंककमा उपचाररत पार्टी सचिव वर्षमान पुनको स्वास्थ्यस्थितिबारे थप जानकारी लिन दाहाल थाइल्याण्ड प्रस्थान गर्न लागेको उहाँको निजी सचिवालयले जनाएको छ ।

Prachanda_788628049_475915404
दाहाल नेपाल एयरलाइन्सको बिमानमार्फत बिहान ११ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । सचिव पुनको स्वास्थ्यमा सुधार आउन थालेपछि उहाँलाई नेपाल ल्याउने विषयमा बैंककस्थित चिकित्सिकहरुसँग छलफल गर्न दाहाल यसतर्फ प्रस्थान गर्नुभएको हो । यसअघि पनि दाहाल, पुनकी पत्नी सभामुख ओनसरी घर्तीसँगै उनको स्वास्थ्यस्थितिबारे जानकारी लिन थाइल्याण्ड जानु भएको थियो ।

LIVE TV