१५ माघ २०७२, शुक्रबार

वीरगन्ज – मुलुकमा नयाँ संविधान जारी भएसँगै ५ महिनादेखि बन्द रक्सौल नाकामा धर्नाकारीहरु पातलिँदै जान थालेका छन् । आन्दोलनमा खट्दै आएका मधेसी मोर्चाका नेता तथा कार्यकर्ता धमाधम घर फर्किन थालेपछि टेन्ट रित्तिएको हो ।

birjun

मोर्चाका स्थानीय नेताले घरायसी कामसँगै बढ्दो चिसोका कारण उपस्थिति पातलिएको प्रतिक्रिया दिइरहेका छन् । मोर्चाआबद्ध पार्टीहरुलाई पालैपालो नाकामा बस्ने जिम्मेवारी दिइए पनि उपस्थिति बढ्नुको साटो घट्दै गएको छ ।

बिहीबार दिउँसो धर्नाकारीको टेन्ट रित्तै थियो । धर्नामा एक जना पनि उपस्थित नभएको देखेर मधेसी मोर्चा पर्साका प्रवक्ता सलाउद्दिन अहमदले समेत आश्चर्य व्यक्त गरे । आजको कारोबार दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV