१५ माघ २०७२, शुक्रबार

rashifal

मेषः–

मेहनत बढि गर्नु पर्ला । काम गर्दा विरोधीबाट अवरोध आउन सक्छ । घरको बातावरण प्रतिकुल भए पनि बाहिरको भने अनुकल रहनेछ । उच्चमनोबलका साथ काम गर्नु भएमा सफलता मिल्नेछ ।
वृषः–

काम गर्दा दुविधा उत्पन्न हुनसक्छ ,भ्रमबाट मुक्त भएर काम गर्नु होला । यात्रामा सामान्य कठिनाई आउनेछ । व्यापार व्यवसायबाट अल्प लाभ होला । भाग्यमा भन्दा कर्ममा विश्वास गर्नु होला ।
मिथुनः–

समयमा काम गर्न सकिने छैन । घरयासी समस्याहरु बढ्ने देखिन्छ । भौतिक सुख सुविधामा कमी आउनेछ । अरुको काम गरेर जश पाईने छैन । शारीरिक एंव मानसिक शिथिलता बढ्ने छ ।
कर्कटः–

समय अनुकुल देखिन्छ । आफुमा भएको उर्जाको सहि सदुपयोग गर्न सके धेरै उपलब्धि हासिल हुनेछ । उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । आफन्त जनबाट सहयोग मिल्ला ।
सिंहः–

दिन मध्यम खालको छ । आर्थिक कारोवार नगर्नु उचित हुनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । आफन्तबाट विश्वास घात हुन सक्छ सचेत रहनु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् ।
कन्याः–

काम गर्दा हरेस नखाई गर्नु होला आज गरेका काम प्राय सफल हुनेछन् । आर्थिक कुरामा बढि केन्द्रित भएर काम गरिनेछ । सहमतिमा काम गर्न भने सकिने छैन । व्यापार व्यवसायमा सुधार आउनेछ ।
तुलाः–

समयले साथ दिने छैन । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । झुट्टा कुराले मनलाई पोल्नेछ । काममा अवरोध आउनेछ । व्यर्थका काममा समय र धन खर्च हुनेछ । विवादबाट टाढा बस्नु होला ।
वृश्चिकः–

भाग्यले साथ दिदा धेरुै काममा सफलता मिल्नेछ । आफन्तबाट निसर्त सहयोग पाईनेछ । नसोचेका ठाँउबाट लाभान्वित हुनुहोला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । भौतिक सुख मिल्नेछ ।
धनुः–

ग्रह गोचर सामान्य देखिन्छ । अर्थ अभावका कारण काममा सामान्य ढिलाई हुनेछ । काममा देखिएका समस्या भने कम भएर जानेछन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउने देखिन्छ ।
मकरः–

समय मध्यम खालको छ । हेलचक्र्याइ गरेर कुनै पनि काम नगर्नु होला विग्रिन सक्छ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । तनावमा कुनै काम नगर्नु होला । काम गर्दा केहि कठिनाई आउन सक्छ ।
कुम्भः–

समय प्रतिकुल चलेको छ । नयाँ काममा हात नहाल्नु होला । अहार विहारमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउन सक्छ । बन्नलागेका काम पनि विग्रिन सक्छन् । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला ।
मिनः–

कर्मशिल भएर काममा लाग्नु भएमा धेरै सफलता मिल्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । पराक्रम बढ्नेछ । बाहिरी सम्वन्धमा सुधार आउनेछ ।

 

LIVE TV