
देशमा भारतले लगाएको नाकावन्दीले प्रभावित नभएको क्षेत्र र वर्ग कुन होला र ? नाकाबन्दीसँगै कालोवजारी बढदै गइरहेको छ । रक्सौल वाहेकका नाकाहरुवाट सहज आपूर्ति भइरहे पनि उपभोक्ताहरुलाई त्यसको आभास सम्म हुन सकेको छैन । वजारमा उपभोग्य सामग्रीहरु पहुँचवाला र महंगो मूल्य तिर्नेहरुले मात्रै पाइरहेको अवस्था छ । आम नागरिक यसरी सास्ती भोगिरहेका अवस्थामा अपाङगता भएका व्यक्तिहरुको अवस्था भने झनै दयनीय वन्दै गइरहेको छ ।
देशको उच्च पदमा आसिन जिम्मेवार व्यक्तिहरुले नाकावन्दी चाँडै हटेर परिस्थिति सहज हुने प्रतिवद्धता आम नागरिक वारम्वार देख्दै, सुन्दै आइरहेका छन । जिम्मेवार व्यक्तिहरु यसरी शीघ्र परिस्थिति सहज हुने भनेको महिनौ वितिसकेको छ । तर छेकछन्दै छैन बजारबाट अभावत र तनाव हटने अवस्थाको । यस्तै आश्वासन र प्रतिबद्धताबीच अपाङगता भएका व्यक्तिहरुको पनि जीवन जेलिरहेको छ । पछिल्लो समय नेपाल सरकारले अपाङगता भएका व्यक्तिहरुलाई ग्यास दिने भने पनि ग्यासको सिलिन्डर वोकेर डिपोसम्म पु¥याउन नै समस्या रहेको शारीरिक अपाङगता भएका भरत वहादुर कार्कीले पीडा व्यक्त गर्नुभयो । ग्यास लिन अन्य मानिसलाई आग्रह गरे पनि सम्वन्धितलाई मात्रै दिने अरुलाई दिन नमिल्ने भन्दै डिपोहरुले भन्ने गरेको गुनासो पनि कार्की छ । पहिले ग्यास अभाव हुँदा दाउराले काम चलाउने गरे पनि अव दाउरा पनि पाउन छोडेको कार्कीको कथन छ । त्यस्तै वैशाख महिनामा गएको विनाशकारी भूकम्पमा परि आफ्नो दुबै खुट्टा गुमाउनुभएका रमेश कार्कीले सरकार अपाङगता भएका व्यक्तिहरुलाई सहयोग गर्न जिम्मेवार भएर लाग्नु पर्ने वताउनुभयो । भूकम्पमै आफ्नो एउटा हात गुमाएर उपचार गराइराख्नुभएकी एक महिलाले वसमा यात्रा गर्दा छुट नदिने, अपाङग सीट नै नछोडने र गाडी नै रोक्ने नगरेको गुनासो गर्नुभयो । त्यस्तै अपाङग महासंघका काउन्सिलरको रहनुभएका दृष्ट्रिविहीन सुरेस राज भण्डारीले सरकारले वितरण गरिरहेको राहत पनि न्यायोचित नभएको भन्दै महासंघमा पीडितहरु आउने गरेको जानकारी दिनुभयो । वोल्न र सुन्न सक्ने प्रकृतिका अपाङगता भएका व्यक्तिहरुले आफुले यस्तो समस्या भोगिरहेको पीडा व्यक्त गर्न सके पनि वहिराहरुलाई यस्तो अभावमा झनै समस्या परेको छ । अव सरकार लगायत सम्वन्धित निकायले अपाङगता भएका व्याक्तिहरुलाई विशेष सहयोग गर्नुपर्ने जरुरी देखिन्छ ।