
एल.जि कम्पनीले काठमाडौको सिभिल मलमा आफ्नो नयाँ शोरुमको सञ्चालनमा ल्याएको छ । घरायसी प्रायोजनमा आउने फ्रीज, टेलिभिजन, साउन्ड सिस्टम, मोबाइल फोन जस्ता सामाग्रीको व्यापार विस्तार गर्ने उद्धेश्यले काठमाडौँको सिभिल मलमा नयाँ शोरुम खोलेको कम्पनीले जनाएको छ ।
एल जि इलेक्ट्रोनिक कम्पनी सिङ्गापुरका निर्देशक युन चुल पार्कले बिहिवार नयाँ शोरुमको उद्घाटन गर्दै नेपालमा एल जि कम्पनीलाई विद्युतिय माध्यमको क्षेत्रमा सफल र नेपाली बजारिकरणमा उत्कृष्ट टिकाउ र सुलभ बनाउन खोलेको बताउनु भयो । त्यसैगरी चौधरी गु्रपका निर्देशक निर्वाण चौधरीले एलजिको ब्राण्डले नेपाली उपभोक्ताहरुलाई बिशेष खरीद योजना र गुणस्तरिय सेवा दिने लक्ष्य रहेको बताउनु भयो । भयो । कम्पनीले ग्राहकवर्गहरुलाई लक्षित गरेर १५ दिनको लागि बिशेष छुटको ब्यवस्था गरेको जनाएको छ ।