१४ माघ २०७२, बिहीबार

२२ औ कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान) ईन्फोटेक मेला शुक्रबार देखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने भएको छ । क्यानको उद्घाटन प्रधानमन्त्री के. पी शर्मा ओलीले शुक्रबार गरेसँगै मेला सुरुहुने क्यानका अध्यक्ष विनोद ढकालले बताउनुभएको छ ।

vlcsnap-7394-12-03-22h33m18s095

६ दिन चल्ने मेलामा १८० वटा स्टलमा विभिन्न अन्तराष्ट्रिय र राष्ट्रिय प्रविधिका वस्तुहरु राखिने क्यानका अध्यक्ष ढकालले बताउनुभएको छ । सो मेलामा नेपालमा बनेका एण्ड्रोइड एप्सहरु प्रमुख आकर्शणका केन्द« रहेको बताउँदै अवलोकनका लागि आउने अवलोकनकर्ताहरुले एक सय रुपैया तिरेर र विद्यार्थीहरुका लागि भने ५० रुपैयाँ तिरेर अवलोकन गर्न सकिने ब्यवस्था मिलाएको जानकारी दिएका छन् ।क्यान मेलालाई भव्यरुपमा उद्घाटन गर्न सम्पूर्ण तयारी पुरा भएको ढकालले जानकारी दिएका छन् ।
मेलामा ७८ वटा भन्दा बढी कम्पनीहरुको सहभागिता रहने क्यानले बताएको छ ।

LIVE TV