१४ माघ २०७२, बिहीबार

विहिवार शेयर बजारमा ० दशमलव ८५ अंकको घटेर १ हजार २ सय १६ दशमलव ११ अंकमा कारोवार भएको नेपाल स्टक एक्सचेन्ज जनाएको ।

share
विहिवार सेयर बजारमा कारोबार रकम भने बढेको छ । बुधबार ३६ करोडको कारोबार भएकोमा विहीबार ३८ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भएको हो । बजारमा एकसय वटा कम्पनीको सेयर किनबेच भएको थियो । सेयर बजारमा उत्पादन समूहको सूचक ५१ दशमलव २७ अंकले बढेको छ । यस्तै जलविद्युत र अन्य समूहमा चार अंकको वृद्धि देखिएको छ । बजारमा ठुलो हिस्सा ओगट्ने वाणिज्य बैंकको सूचक ३ दशमलव ९४ अंकले घटेको छ। यस्तै होटल र बीमा समूहको सूचक पनि घटेको छ । बीमा समूहमा १३ अंकको गिरावट आएको नेपाल स्टक एक्सचेन्ज जनाएका छ ।

LIVE TV