१४ माघ २०७२, बिहीबार

स्तरवृद्धिको काम भइरहेको बागलुङ कुस्मिसेरा सडक खण्डको ३ नम्बर प्याकेजमा विवाद देखिएको छ । विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीवीकोपार्जन सुधार कार्यक्रम (ड्रिलीपले) स्तरवृद्धि गरिरहेको सडकको टाकुर खण्डमा स्थानीयले असन्तुष्टि जनाएपछि विवाद देखिएको हो । एक रिपोर्ट
६ करोड ५२ लाखको लागतमा स्तवृद्धि गर्न लागिएको सडक खण्डमा टाकुराका स्थानीयहरुले ड्रिलीपको कार्यगतशैली प्रति असन्तुष्टि जनाएका छन् । स्तरवृद्धि गर्दा सडकमा भएका खाडल तथा खोल्साहरुमा ढुंगा हाल्न,नाली तथा बग्ने जग्गालाई उचित व्यवस्थापन गर्न स्थानीयको माग छ । सडक स्तरवृद्धि सरकारको नियम अनुसारनै गर्नुपर्ने तर स्थानीयको मागलाई पनि सम्बोधन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

vlcsnap-2016-01-28-16h23m54s190 vlcsnap-2016-01-28-16h23m59s239

स्थानीयहरुले सडक निमार्णमा आफुहरुको बिरोध नरहेको तर निमार्णका क्रममा लापरवाही तरिकाले काम गर्दा दीर्घकालीन असर स्थानीयले भोग्नु पर्ने भएकाले सोही अनुसार काम गर्न अनुरोध गर्दा वेवास्ता गरेका बताउछन् । सडक छेउछाउमा पानीका मुहानहरु रहेको र हिँउदको समयमा समेत जग्गा बग्ने समस्या रहेको स्थानीय दधिराम शर्माले बताउनुभयो । उक्त सडक हिउँदको समयमा समेत हिलाम्मे छ । सडक स्तरवृद्धिको क्रममा नाली तथा सिंचाइका कुलो व्यवस्थापन गर्नुपर्ने शर्माले बताउनुभयो ।

vlcsnap-2016-01-28-16h24m21s201vlcsnap-2016-01-28-16h24m12s112

यसै बिषयमा बुझन् जिल्ला विकास समितिको भवनमा रहेको ड्रिलीपको कार्यालयमा पुग्दा उतm सडक खण्ड हेरिरहेका इन्जीनीयर नारायण केसीले आक्रोस व्यक्त गर्नुभयो । सडक स्तरवृद्धिको काम २० प्रतीशत मात्रै सकिएकाले स्थानीयको माग जायज नभएको उनको जिकिर छ ।स्थानीय बिकास अधिकारी भरत गौतमले आफुले विवादीत स्थानमा पुगेर स्थानीय सँग छलफल गरीसकेकाले छिट्टै समस्या समाधान हुने बताउनुभयो ।

vlcsnap-2016-01-28-16h24m07s66vlcsnap-2016-01-28-16h24m03s24

२०५५ सालमा बागलुङ कुस्मीसेराको २२ किलोमीटर सडक खण्डको ट्रयाक खोल्दा देखि अहिले सम्म १ अर्ब भन्दा बढी रकम खर्च भैसकेको छ तर सडकको अबस्था भने जस्ताको तस्तै छ । हिउँदामा सवारसाधन चले पनि बर्खाको समयमा भने सवारी साधन नियमित चल्न हम्मे हम्मे पर्ने गरेको छ । स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा सरकारी निकाय तथा दातृ निकायको मनोमानीको कारण बागलुङको बलेवा क्षेत्रका बासिन्दा तथा पश्चिम क्षेत्रका १० गाविसका स्थानीयहरु सडक भए पनि कष्टकर यात्रा गर्न बाध्य छन् ।

LIVE TV