१४ माघ २०७२, बिहीबार

नेपाली फिल्म उद्योगमा निकै चर्चामा रहेका नायिकाहरु अहिलेको समयमा फुर्सद हुन थालेका छन् । त्यस्तै फिल्ममा नयाँ अनुहारहरुको पनि तिब्र रुपमा आगमन भईरहेका हामीले देखिरहेका छौं । केहि समय अघि नायिका रेखा थापा निकै चर्चित र व्यस्त नायिकाको रुपमा देखिएकी थिईन् । अहिले उनले निर्माण गरेकी फिल्म रामप्यारीमा मात्र उनले अभिनय गरेकी देखिन्छन् । त्यसोत अहिले उनि अन्य फिल्महरुमा उनको अभिनय भने मिडियामा आएको पाईदैन ।

rekha

म्युजिक भिडियोमा निकै व्यस्त मोडल तथा नायिका रीमा बिश्वकर्मा पनि बिहे गरे पस्चात फुर्सदनै भएकी छिन् । अहिले फिल्म क्षेत्रमा उनको नाम खासै आएको पाईदैन । लुटेरा फिल्ममा अभिनय गरेकी नायिका नीशा अधिकारी पनि अहिले फुर्सद नै छिन् । लुटेरा फिल्मले उनलाई निकै चर्चामा ल्याएपनि उनले अर्को फिल्ममा काम गर्ने मौका भने खासै पाएको सुनिदैन ।

nisha adhikari reema
त्यस्तै नायिका ऋचा शर्माको पनि को आफ्नो फिल्म मात्र आउँदै गरेको पाईन्छ । यस फिल्म बाहेक उनले पनि अन्य फिल्महरुमा काम गर्दैगरेको तथा फिल्म गर्ने भन्ने समाचार आएको छैन । नोभेम्बर रेन फिल्मले निकै माथि ल्याएकी नायिका नम्रता श्रेष्ठ पनि फुर्सद नै भएकी छिन् । क्लासिक बाहेक उनको अरु फिल्महरुको समाचार भने सुनिदैन ।

Namrata-Shrestha richa-sharma
केहि बर्षयता अंग प्रदर्शन गरेर निकै चर्चा बटुल्न सफल नायिका सुभेच्छा थापा पनि फुर्सदनै भईन् । यो बर्ष उनि अभिनित फिल्म बिनस ३ मात्र आउने भएको छ । त्यसोत उनको प्रोमोशनल फोटोसुटले पनि निकै चर्चा पाउनका साथै आत्मघाति पनि साबित भएको छ । यो बर्ष केहि नायिकाहरु भने व्यस्त भईरहेका छन् ।

Suvecha-Thapa

नायिकाहरु प्रियंका कार्की, केकी अधिकारी,र शील्पा पोखरेल भने व्यस्त बनेका देखिन्छन ् । अहिले नायिका प्रियं्रका कार्की र शील्पा पोखरेल भने अन्य केहि फिल्महरुको शुटिङ्मा व्यस्त छन् । त्यस्तै नायिका केकी अधिकारी पनि फिल्महरुको प्रचारमा व्यस्त छिन् । केकी अभिनित फिल्महरु फन्को पश्चात भाग सानि भाग, हाउ फन्नि जस्ता फिल्महरु पनि प्रदर्शनमा आउँदैछन् ।

Shilpa-Pokhrel

keki Priyanka-Karki

LIVE TV