
निर्माता संघमा अनियमीतता भएको आरोप चलचित्र कर्मी नवल खड्काले लगाएका छन । भबन निर्माण कोण र सदस्यता बापत संकलन भएको कोषको दुरुपयोग भएको आरोप उनको रहेको छ ।
यसै सन्दर्भमा उनले करीब एक महीना पहीला निर्माता संघमा दिएको उजुरी दर्ता पनि नगरीएको उनले बताएका छन । संघमा भएको अनियमीतताको सम्बन्धमा जिल्ला प्रशाशन कार्यलयमा उजुरी दिइ सकेको र निर्माता संघका पदाधिकारीले यसको जवाफ दिनुपर्ने खड्काले बताएका छन । जिल्ला प्रशासन कार्यलयमा पुगेका नवल खड्का संघका पदाधिकारी प्रति निकै रुष्ट देखीन्थे ।