
अक्षय कुमारले जयपुरमा जारी साहित्य उत्सवमा हरेक मुलुकमा तल्लो र माथिल्लो वर्ग हुने भन्दै यस्ता कडा टिप्पणी गर्न नहुने कुरा गरे । भारतमा बढ्दो असहिष्णुताको बहसमा अभिनेता अक्षय कुमारले आमिर खानको असहिष्णुताको विषयको पहिलो टिप्पणीप्रति लक्षित गर्दै भनेका छन् ।
आमिरले एक कार्यक्रममा भनेका थिए ‘देशको माहोल देखेर मेरी श्रीमति किरण रावले देश छाड्ने सल्लाह दिएकी छिन् ।’आमिरको यहि भनाई सार्वजनिक भएपछि उनको वारेमा यति धेरै टिका टिप्पणी भयो, आमिरले आफ्नै भनाई सच्याउदै भने ‘मैले कहिल्यै भारत छाडेर अन्त जाने सोच बनाएको छैन ।’‘हाम्रो देशमा राम्रा चिज पनि छन् तर, हामी त्यसको चर्चा गर्दैनौं ।’