१४ माघ २०७२, बिहीबार

हंग्री आई फिल्म प्रोडक्शनको ब्यानरमा बन्ने `तिमी नभए` फिल्मको बुधबार पोखरामा शुभमुर्हत भएको छ । केहि दिनमै सुटिङ फ्लोरमा जाने फिल्मलाई नौजंग गुरुङले निर्देशन गर्दैछन् । गाऊँबाट शहर झरेर बस्ने सँस्कृतिले पछिल्लो समय परिवारमा कस्ता खाले समस्या दिएको छ भन्ने कुरालाई फिल्मले आफ्नो कथासार बनाएको शुभमुर्हतको क्रममा जानकारी दिईयो ।

pokhara bata film banne

परिवारमा साना कुराले ल्याउने ठुलाठुला समस्याको विषयमा फिल्मले बोल्ने निर्देशक तथा लेखक गुरुङले जानकारी दिए । फिल्ममा सोम गुरुङ, अनुता गुरुङ, सबिना गुरु, गौरी गुरुङ लगातयको अभिनय रहने निर्माणपक्षले जनाएको छ । फिल्ममा बालकलाकारद्वय युगजंग गुरुङ र युविनजंग गुरुङको विशेष भुमिका हुने निर्माणपक्षले जनाएको छ । गणेशबहादुर गुरुङ, प्रताप गुरुङ, राहुल गुरुङ, डम्बर गुरुङ, अनु गुरुङ र रबिन गुरुङको सँयुक्त लगानीमा निर्माण हुने फिल्मलाई सन्तोष कोन्मेले खिच्नेछन् ।सामिप्य तिमिल्सिनाको पटकथा र संवाद रहेको फिल्ममा बसन्त सापकोटाले संगीत दिएका छन् । मन क्षेत्री र संगीतकार सापकोटा आफैले यो फिल्मका लागि गीत लेखेका छन् ।  फिल्ममा बुवाआमाबीच सम्बन्धमा समस्या आउँदा बालबालिकाहरुले कस्तो दुख पाउँछन् भन्ने कुरा यी दुई बालकहरुमार्फत देखाईनेछ ।  यो फिल्मको निर्माण लागत १५ लाख रुपैयाँ  लाग्ने निर्माणपक्षको अनुमान छ । कास्कीकै पहिलो होमस्टे गाऊँ काभ्रेसँगै पोखरा आसपास र मनाङमा समेत फिल्मको छायाँकन हुने निर्माणपक्षले जनाएको छ ।

 

LIVE TV