
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले कार्यकर्ताहरुकै आग्रहमा आफूले पार्टी सभापतिमा उम्मेदवारी दिन लाग्नुभएको प्रष्ट पार्नुभएको छ । पौडेलले आफ्नो जीत सुनिश्चित भएको दाबी समेत गर्नुभयो ।
तनहुँको सदरमुकाम दमौलीमा बुधवार आयोजित पत्रकार सम्मेलनमा उपसभापति पौडेलले देशभरका कार्यकर्ता आफ्नो पक्षमा मतदान गर्न आतुर रहेको बताउँनुभयो । त्यसैले आफू कुनै पनि हालतमा उम्मेदवारीबाट पछि नहट्ने उहाँको प्रष्टोक्ति थियो । सभापति सुशिल कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवाले गुटको राजनीति गरेको आरोप लगाउँदै उपसभापति पौडेलले त्यसको अन्त्य गर्ने क्षमता आफुसंग भएको दाबी समेत गर्नुभयो । पदाधिकारी बिषयमा भने संघिय संरचना अनुसार पार्टीको आकार बनाउन आवश्यक रहेको उहाँको भनाई रहेको थियो ।