
नेपालमा मात्र नभई यो बर्ष विश्व मै चिसो बढेको छ । जस्ले गर्दा मानिसहरुमा बिभिन्न स्वास्थ्य समस्याहरु देखिएको छ । हिमपात र अत्याधिक चिसोका कारण बिभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल र स्वास्थ्य चौकी धाउनेहरुको संख्या पनि बढेको छ । गर्मी महिनामा भन्दा जाडो महिनामा कडा खालका स्वास्थ्य समस्या देखिने हुँदा चिसोबाट बच्न र स्वास्थ्यको ख्याल गर्न चिकित्सकहरुले सुझाएका छन् ।
उपत्यकालगायत देशभर हिमपात र चिसो बढे संगै अस्पतालका शैयाहरु भरिन थालेको छ । पछिल्लो एक महिनामा उपत्यकाका अस्पतालमा मौसमी बिरामीको संख्या झन्डै एकतिहाई बढेको तथ्यांक छ । मौसममा अचानक आएको बदलीका कारण काठमाडौंलगायत देशका पहाडी भेग र हिमाली भेगका नागरिकहरु बिरामी पर्न थालेका छन । मौसम बदली भएसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । केहिदिन यता ह्वातै चिसो बढे संगै काठमाण्डौ उपत्यका सहित मुलुकका अधिकांश भागमा जनजीवन प्रभावित बनेको छ चिसो बढे संगै स्वास्थ्य समस्या पनि बढेको छ बालालिका वृद्धबृदा र पालमुनि बसेका भूकम्प पीडित हरु निकै प्रभावित भएका छन् । जाडो मौसममा खानपिन र पहिरनमा बिशेष ध्यान दिनु पर्ने र सम्भावित इन्पÞm्ल्युएन्जाबाट बच्न दम, बाथका रोगीरुलाई झनै समस्या हुने गरेको स्वास्थ्यकर्मीको भनाई छ । स्वास्थ्य संस्थामा चिसोका कारण लाग्ने रोगका विरामीको सख्या पनि बढेको पाईएको छ । निमोनिया मौसमी रुघाखोकी भाइरल इन्फेक्सन कोल्ड डाइरिया जस्ता स्वास्थ्य समस्या देखिएको छ भने हिमपातको कारण मुटुका र बाथका रोगीलाई झनै प्रभावित परेका छन् । तराईमा शीतलहर हिउँदे बर्षा र हिमाली जिल्लामा हिमपातका कारण स्वास्थ्य समस्या बढ्ने भएकाले बिशेष ध्यान दिन चिकित्सकहरुको सुझाब छ । चिसो बढेको बेलामा बालबालिका बृद्धबृद्धा र सुत्केरीको स्वास्थ्यमा ख्याल राख्न चिकित्सकहरुले सुझाएका छन् । मुगुका बिभिन्न गाउँमा सुख्खाका कारण फैलिएको रुघाखोकीले दुई सातायता १२ जनाको मृत्यु समेत भएकाले सबैले स्वास्थ्यको ख्याल गर्नु पर्ने मौसम अनुकुलको खानपान र पहिरनमा ध्यान दिनु पर्ने सुझाव चिकित्सकहरुको छ ।